२२ कात्तिक २०८३, आईतवार

पनामा पेपर्समा २८ नेपालीमाथि छानबिन (सुचि सहित)

२०७३ जेठ २६, बुधबार
पनामा पेपर्समा २८ नेपालीमाथि छानबिन  (सुचि सहित)

चैतमा पनामा पेपर्स तथा त्यसअघि २०१४ मा स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र कम्पनीका विषयमा गोप्य अनुसन्धान गरिरहेको सिआइबीले अधिकांश कम्पनीले हुन्डी र प्रतीतपत्रमार्फत रकम बाहिर लगेको फेला पारेको छ । यस्तै, नेपाल आउने रेमिटेन्सलाई विदेशमै रोकेरसमेत लगानी गरिएको भेटिएको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपालमा विभिन्न सामग्री आयात गर्ने कम्पनीका नाममा आवश्यकभन्दा दोब्बर र तेब्बर रकमको प्रतीतपत्र खोलिएको छ । ‘एलसी करोडौंको खोल्ने, लाखमा सामग्री ल्याउने र बा”की रकम उतै राखेको भेटिएको छ,’ स्रोतले भन्यो ।

panamaकाठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीव्र पारेको छ। अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समितिअन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानबिन थालेको हो।
समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधसम्बन्धमा दुई साताअघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ । समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) मार्फत सार्वजनिक नामबाहेक उनीहरूसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् । ‘आवश्यक सूचना संकलन र प्रमाणीकरण भइरहेको छ, सरोकारवाला निकायको सहयोगमा अनुसन्धान अघि बढेको छ,’ कार्कीले भने ।
समितिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नेतृत्वमा राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल राष्ट्र बैंकको वित्तीय सूचना एकाइका प्रमुख सम्मिलित छन् । समिति सरकारले वैशाख अन्तिम साता गठन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फबाट आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धानमा सहयोग गरिरहेको स्रोतले जनायो ।
समितिले प्रकरणमा मुछिएका व्यक्ति र कम्पनीको वित्तीय कारोबार, कर भुक्तानी र आफन्तको आर्थिक गतिविधिमाथि निगरानी बढाएको छ । यस्तै, अफसोर कम्पनीमा गरिएको लगानी कुन माध्यम र कसरी पुगेको हो भन्ने विषयमा पनि खोजी भइरहेको स्रोतले जनायो ।

हुन्डी, रेमिटेन्स र प्रतीतपत्रमार्फत रकम बाहिर

एउटै कम्पनीका तीन वासलात

अनुसन्धान दायरामा तानिएका व्यक्ति र कम्पनीको वित्तीय कारोबारमाथि प्रारम्भिक छानबिनमै समितिले त्रुटि फेला पारेको छ । आन्तरिक राजस्व र कर कार्यालयबाट प्राप्त कागजपत्र र अन्य कारोबारमा पेस गरिएका कागजपत्र फरक देखिएका छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार कम्पनीले वासलातसमेत तीनवटा बनाएका छन् । कर, ऋण, पार्टनर र आफ्ना लागि फरकफरक वासलात तयार गरिएको पाइएको हो । ‘नाफा, घाटा र यथार्थ गरी तीनवटासम्म वासलात बनाउने गरेको भेटियो,’ अनुसन्धान अधिकारीले भने ।
पनामा पेपर्सका नामले अफसोर बैंकमा नेपालीको गोप्य कारोबार रहेको सार्वजनिक भएपछि राष्ट्र बैंकको वित्तीय सूचना एकाइले यस प्रकरणमा मुछिएका व्यक्ति र कम्पनीको वित्तीय कारोबार माग गरिसकेको छ । यस्तै, आन्तरिक राजस्व र राजस्व अनुसन्धान विभागले कर तथा कारोबारका तथ्यांक केलाउन थालेका छन् ।
ng zoom 04

विदेशी नाममा लगानी

नेपालबाट पठाएको अवैध रकम वैध बनाउन अन्तर्राष्ट्रिय लगानीकर्ताका नामले नेपालमा भिœयाएर विभिन्न कम्पनीमा लगानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । नेपाल र नेपालबाहिर लगानी गर्न नाम चलेका ठूला व्यवसायीले यसरी रकम भित्र्याउने गरेको स्रोतको दाबी छ ।

टास्क फोर्सलाई जवाफ

दक्षिण कोरियामा जुन १८ देखि २४ सम्म हुन लागेको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को रिभ्यु बैठकमा पनामा पेपर्स अनुसन्धानमा भइरहेको प्रगतिविवरण देखाउनुपर्ने भएपछि नेपाली अधिकारी तयारीमा जुटेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण विषयको कारबाही प्रतिवेदन चित्तबुझ्दो नभए कालोसूचीमा पर्ने सम्भावना बढेपछि केही दिनअघि सरोकारवाला पार्क भिलेज रिसोर्टमा दुई दिन बैठक बसेका थिए । ‘कारबाही के भयो र के हुँदैछ, सोही विषयमा छलफल भयो, पनामा पेपर्सका विषयमा समेत कुरा भयो,’ बैठकमा सहभागी एक उच्च अधिकारीले भने ।
खोजी पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले गत चैतमा र यसअघि अफसोर लिक्सका नामले २०१४ जनवरीमा नेपाली नागरिक र उनीहरूका कम्पनीको पनामा सहरमा रहेको अफसोर बैंकमा कारोबार रहेको सार्वजनिक गरेको थियोे । पनामामा मुख्य कार्यालय भएको अफसोरमा बैंक अकाउन्ट र कागजी कम्पनी खोल्न सेवा प्रदान गर्ने मोस्साक फोन्सेकाबाट लिक भएका दस्तावेज उसले सार्वजनिक गरेको हो ।

साभार : नागरिक दैनिक

अभिलेख

लोकप्रिय