कुन– कुन मन्त्री हटाउला केपी ओलीले ?
काठमाडौं । म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु, ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ, ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो । ’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।
राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा उनी स्पष्ट पार्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ । उनले भने ।
ओलीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्दै भने,‘मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ?’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईरहने हो ?’ केपीले सभामुखको निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बुँदामा हाल्न लगाएको आरोप लगाए ।
प्रधानमन्त्रीले आफूलाई सहयोग नगर्ने गृहमन्त्रीलाई हटाई छाड्ने अडान दोहो¥याएर भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारियासँग साँठगाँठमा रहेको ठोकुवा समेत गर्न भ्याए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
