२२ कात्तिक २०८३, आईतवार

अडानको प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्वाचित

२०७३ जेठ २३, आईतवार
अडानको प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्वाचित

krishna poudelकाठमाडौं । लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । अडानको चौथो राष्ट्रिय महाधिवेशनले पौडेललाई सर्वसम्वत रुपमा चयन गरेको हो ।
पौडेल लेखापरीक्षक मात्र नभई सहकारीकर्मी पनि हुन् । उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमराका अध्यक्ष हुन् । पौडेल देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावक निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य हुन् । 
अडानको अध्यक्षमा पुन मोहन राज रेग्मी निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी मोहन सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अभिलेख

लोकप्रिय