सहकारीले अब स्कुल संचालन गर्न नपाउने

काठमाडौं । सहकारी संस्थाले अब स्कुल चलाउन नपाउने भएका छन् । सहकारी मार्फत् शिक्षामा हुने लगानीलाई बर्जित गर्दै ब्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको हाे ।
सार्वजनिक र गुठी अन्र्तगत मात्रै शिक्षामा लगानी गर्न पाईने प्रावधानको विरोधमा रहेका एमाले र कांग्रेसका केही प्रभावशाली नेताहरु विपक्षमा रहँदा रहँदै पनि शिक्षामा सामाजिक उत्तरदायित्व बहन हुने गरी विधेयक पारित भएको हाे ।
संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले सहकारीले स्कुल खोल्न पाउने व्यवस्थालाई हटाएकाे हाे । एमाले सांसदहरुको विरोधका बाबजुद समितिले यो विधयकलाई संसदमा पठाएको थियो ।
संसदमा विधेयकमाथि छलफलमा सभासद् तथा राष्ट्रीय सहकारी संघका अध्यक्ष केशव बडाल, राजेन्द्र पाण्डे लगायतका एमाले सांसदले सहकारीले स्कुल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
