२२ कात्तिक २०८३, आईतवार

सहकारीले शिक्षा क्षेत्रमा गरेकाे लगानी जाेखिममा

२०७३ जेठ २२, शनिवार
सहकारीले शिक्षा क्षेत्रमा गरेकाे लगानी जाेखिममा

manmohan-medical-college
काठमाडाैं । शिक्षा ऐन आठौं संशोधन विधेयकको दफा २६ को उप दफा ३ मा रहेकाे ‘सहकारी’  शब्द रहेकोमा यस अघिको छलफलले हटाउन निर्णय गरेकाे थियाे । उक्त बुँदा हटाईएकोमा एमाले सभासद्ले विमती जनाएका छन् । उक्त बुँदा हटाएर विधेयक पास भएकाे छ ।
एमाले सभासद्ले मनमोहन मेडिकल कलेजमा सहकारी अन्र्तगत गरेको लगानीलाई सुरक्षित अवतरण गराउने उदेश्यले सहकारी शब्द हटाउन मानेका थिएन । सभासद् राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष रहेकाे नेपाल स्वास्थ्य सहकारीमा एमालेका एक दर्जन भन्दा बढी सभासद्काे समेत लगानी रहेकाे छ ।
संस्थाले मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्सको नामबाट मेडिकल कलेजसमेत सञ्चालन गरिरहेको छ ।

अभिलेख

लोकप्रिय