२२ कात्तिक २०८३, आईतवार

सहकारीले अब स्कुल संचालन गर्न नपाउने

२०७३ जेठ २२, शनिवार
सहकारीले अब स्कुल संचालन गर्न नपाउने

काठमाडौं । सहकारी संस्थाले अब स्कुल चलाउन नपाउने भएका छन् । सहकारी मार्फत् शिक्षामा हुने लगानीलाई बर्जित गर्दै ब्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको हाे ।

 सार्वजनिक र गुठी अन्र्तगत मात्रै शिक्षामा लगानी गर्न पाईने प्रावधानको विरोधमा रहेका एमाले र कांग्रेसका केही प्रभावशाली नेताहरु विपक्षमा रहँदा रहँदै पनि शिक्षामा सामाजिक उत्तरदायित्व बहन हुने गरी विधेयक पारित भएको हाे ।

संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले सहकारीले स्कुल खोल्न पाउने व्यवस्थालाई हटाएकाे हाे । एमाले सांसदहरुको विरोधका बाबजुद समितिले यो विधयकलाई संसदमा पठाएको थियो ।
संसदमा विधेयकमाथि छलफलमा सभासद् तथा राष्ट्रीय सहकारी संघका अध्यक्ष केशव बडाल, राजेन्द्र पाण्डे लगायतका एमाले सांसदले सहकारीले स्कुल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका थिए ।

अभिलेख

लोकप्रिय