२२ कात्तिक २०८३, आईतवार

विशेष प्रविधि मार्फत माटोको परिक्षण गर्दै विकु

२०७३ जेठ १२, बुधबार
विशेष प्रविधि मार्फत माटोको परिक्षण गर्दै विकु

vyccuकावासोती । विकू वचत तथा ऋण सहकारी संस्था लि. गैडाकोटले कृषकहरुका विशेष प्रविधिवाट माटो परीक्षण सुरु गरेको छ । नवलपरासीका कृषकहरुलाई लक्षित गरि कावासोतीमा ३ दिने माटो परीक्षण सुरु गरिएको हो । माटो व्यवस्थापन निर्देशनालय हरिहर भवनको बिषेश प्रविधि मार्फत कावासोतीको फलफुल चोकमा रहेको कृषि हाटबजारमा घुम्ती शिविर राखेर माटोको परिक्षण गरिनेछ ।

जिल्ला कृषि विकास कार्यलय नवलपरासीको सहकार्यमा विकू वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको माटो परीक्षण शिविरको उद्घाटन गर्दै बरिष्ठ कृषि बिकास अधिकृत तेज प्रसाद गैरेले नवलपरासी जिल्लामै पहिलो पटक बिशेष प्रबिधि मार्फत माटोको परिक्षण गर्न लागिएको भन्दै त्यसको फाईदा उठाउन कृषकहरुलाई आग्रह गरे । गैरेले निर्देशनालयका माटो बिज्ञ टुक बहादुर थापालाई माटो हस्तान्तरण गरि शिविरको उद्घाटन गरे ।

यो प्रबिधि नेपालमा भित्रिएको करीब २ बर्ष भएको छ । बिकू वचत तथा ऋण सहकारी संस्था लि. की सञ्चालक सदस्य तारा दवाडि पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला कृषक समूह महासंघ नेपाल नवलपरासीका अध्यक्ष खगराज गौतम लगाएतले माटो परीक्षण शिविर आयोजना गरेकामा विकूलाई धन्यावाद दिए । भोली साँझ सम्म माटोको नमुना ल्याउने सम्पुर्ण कृषकको माटो परीक्षण गरिनेछ । माटो परिक्षणको क्रममा माटाको अमिलियपन, छारेपन, प्राङगारिक अवस्था, नाईट्रोजन, पोटास, फसफोरसको अबस्था पत्ता लाई सोही अनुसार माटोलाई सुधार गर्न सिफारिस गरिने आयोजक विकू साकोसका व्यवस्थापक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । माटो परीक्षणका लागि माटो बिज्ञ टुक बहादुर थापासहितको ४ जना विशेष प्राबिधिक टोलि माटो व्यवस्थापन निर्देशनालय हरिहर भवनवाट नवलपरासी आएका छन् ।

अभिलेख

लोकप्रिय