सहकारी सुशासनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण
कलैया । नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
डिभिजन सहकारी कार्यालय कलैयामा सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षकहरुको भूमिका विषयक अन्तरक्रिया गोष्ठिमा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् । लेखापरीक्षकहरुले आर्थिक तथा संस्थागत सुशासनको अवस्था गम्भिरतापूर्वक हेर्ने हो भने पनि धेरै हदसम्म विकृतिहरु रोकिने उनको भनाई थियो ।
कतिपय सहकारीहरुको बदमासी र लेखापरीक्षकहरुले इमान्दारितापूर्वक जिम्मेवारी पुरा नगर्दा सहकारी अभियान र लेखापरीक्षण पेशासमेत बदनामित भएको पौडेलले बताए । उनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालकसमेत रहेका पौडेलले सबै सहकारीहरुलाई परिभाषित उद्धेश्य अनुसार काम गर्न र त्यसको यथार्थ अवस्था सार्वजनिक गर्नका लागि लेखापरीक्षकहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै लेखापरीक्षकद्वय दिगम्वर रेग्मी र दुर्गा जायसवालले सहकारी सुशासनमा लेखापरीक्षकहरुको समेत दायित्व रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार