४ वैशाख २०८३, शुक्रबार

सहकारी सुशासनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण

२०७३ जेठ ७, शुक्रबार
सहकारी सुशासनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण

कलैया । नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

डिभिजन सहकारी कार्यालय कलैयामा सहकारी सुशासन र पारदर्शिताका लागि लेखापरीक्षकहरुको भूमिका विषयक अन्तरक्रिया गोष्ठिमा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् । लेखापरीक्षकहरुले आर्थिक तथा संस्थागत सुशासनको अवस्था गम्भिरतापूर्वक हेर्ने हो भने पनि धेरै हदसम्म विकृतिहरु रोकिने उनको भनाई थियो ।

कतिपय सहकारीहरुको बदमासी र लेखापरीक्षकहरुले इमान्दारितापूर्वक जिम्मेवारी पुरा नगर्दा सहकारी अभियान र लेखापरीक्षण पेशासमेत बदनामित भएको पौडेलले बताए । उनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालकसमेत रहेका पौडेलले सबै सहकारीहरुलाई परिभाषित उद्धेश्य अनुसार काम गर्न र त्यसको यथार्थ अवस्था सार्वजनिक गर्नका लागि लेखापरीक्षकहरुलाई आग्रह गरे ।

त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै लेखापरीक्षकद्वय दिगम्वर रेग्मी र दुर्गा जायसवालले सहकारी सुशासनमा लेखापरीक्षकहरुको समेत दायित्व रहेको बताए ।

अभिलेख

लोकप्रिय