२२ कात्तिक २०८३, आईतवार

सहकारीको वार्षिकोत्सवको अवसरमा टि.भी. उपहार

२०७३ जेठ ६, बिहिबार
सहकारीको वार्षिकोत्सवको अवसरमा टि.भी. उपहार

एल इ डी तथा इनवल्ट ब्याट्री व्याकअप फिचरको उक्त टेलिभिजनका साथमा पेनड्राइभसमेत गरि संस्थाको अध्यक्ष मोहन आचार्यले गर्गाचार्य समाज सेवा समिति पर्वतका अध्यक्ष लोकनाथ आचार्यमार्फत मन्दिरलाई प्रदान गरे । मन्दिरमा विभिन्न पाठ पूजाको निम्ति आउने भक्तजनको लागि सुचना, मनोरञ्जन एवं ज्ञान प्रदान गर्ने अभिप्रायले टेलिभिजन प्रदान गरिएको सस्ंथाका सचिव सन्तोष पौडेलले बताए ।

tv– दिपेन्द्र सुवेदी

कुश्मा । पर्वत जिल्लामा अग्रणी रहेको यहाँको एक सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर यहाँको एक मन्दिरलाई टेलिभिजन प्रदान गरेको छ । सदरमुकाम कुश्मा नगरपालिका–१० लोकतन्त्रचोकस्थित श्री प्रतिफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा सदरमुकामकै वडा नं. ११ स्थित र गर्गाचार्य समाज सेवा समिति (राममन्दीर)लाई एक कार्यक्रमका बीच उक्त टेलिभिजन प्रदान गरेको हो ।

टेलिभिजन मन्दिरसँगैको सभाकक्षमा राखिएको छ । कार्यक्रममा वोल्दै गर्गाचार्य समाज सेवा समिति एवं ज्येष्ठ नागरिक मञ्च पर्वतका अध्यक्ष लोकनाथ आचार्यले युवाहरुले सहकारी उद्यम गरि धार्मिक तथा साँस्कृतीक जगेर्नाको लागी उदाहरणीय कार्य गरेको बताए । आचार्यले पछिल्लो समय कुश्मा बजारमा यूवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्तै भूमिकाको निरन्तरताको शुभकामना समेत दिए । त्यस्तै सिताराम कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मीकान्त सापकोटाले यूवाहरुद्धारा संचालन गरिएको प्रतिफल सहकारी एक उदाहरणीय सहकारीको रुपमा स्थापित भएको वताउँदै आगामी दिनमा सहकारीले अझै वजार र माग सुहाउँदो सेवा प्रवाह गर्ने धारणा व्यक्त गरे ।

प्रतिफल वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मोहन आचार्यको अध्यक्षता तथा गर्गाचार्य समाज सेवा समिति पर्वतका अध्यक्ष लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा सेवी नारायण प्रसाद शर्मा, प्रतिफल वचत तथा ऋण सहकारी संस्था लि.का सचिव सन्तोष पौडेल लगायतले बोल्नुभएको थियो भने कार्यक्रम संचालन कोषाध्यक्ष केदारनाथ आचार्यले गरेका थिए । उक्त सहकारी ४ वर्ष अगाडीदेखी यहाँका विभिन्न उत्साही यूवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको संस्था हो ।

अभिलेख

लोकप्रिय