२२ कात्तिक २०८३, आईतवार

अर्घाखाँचीमा बचत संघ गठन

२०७३ जेठ २, आईतवार
अर्घाखाँचीमा बचत संघ गठन

arghakhachiअर्घाखाँची । जिल्लाभर छरिएर रहेका बचत सहकारीहरुको भेलाले साथी बचत सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरिइको छ ।

उपाध्यक्षमा  कामना सहकारीका जितबहादुर राना, सुर्योदय महिला सहकारीकी पार्बती भुसाल र सचिवमा अर्घाखाँची बचत सहकारीका द्रोण भुसाल रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा भैरब सहकारीका चन्द्र प्रसाद श्रेष्ठ, र सञ्चालकहरुमा त्रिबेणी सहकारीका यमकला बन्जाडे, मनकामना सहकारीकी रिता पौडेल र हरिततारा सहकारीका नरहरि श्रेष्ठ, जनहित बचत सहकारीका पशुपति बन्जाडे र साथी सहकारीका रुद्र श्रेष्ठ रहेका छन् ।

संघले जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाको विवरण र बचत तथा ऋण सहकारी संस्थाहरुको प्रोफाईल तयार गर्ने जनाएको छ । त्यस्तै निष्कृय सहकारीलाई सक्रिय बनाउन वा मर्जरमा जान प्रेरित गर्ने काम गर्ने संघका अध्यक्ष भुसालले जानकारी दिए ।

जिल्लाका सबै सहकारी संस्थाहरुलाई सहकारी सम्वन्धि सुचना परामर्श सेवा तथा तालिम प्रदन गर्ने, सहकारी सम्वन्धि गोष्ठी, अन्र्तकृया,  सम्वन्धी निकायसंग समन्वायत्मक कार्यक्रम गर्ने र सहकारी संथाहरुले आमन्त्रण गरेका साधारण सभा तथा अन्य कार्यक्रममा संघको प्रतिनिधित्व गर्नेछ ।

arghakhachi2
त्यस्तै मान बहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिको गठन गरेको छ । जसको सदस्यहरुमा शालिकराम उपाध्याय र खिम बहादुर राउत रहेका छन ।

अभिलेख

लोकप्रिय