२२ कात्तिक २०८३, आईतवार

भक्तपुरका सहकारीकर्मीलाई तीन दिवसिय कर्जा व्यवस्थापन तालिम

२०७३ जेठ २, आईतवार
भक्तपुरका सहकारीकर्मीलाई तीन दिवसिय कर्जा व्यवस्थापन तालिम

coop traning2भक्तपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालय ठिमीको आयोजनामा २ देखि ४ गते सम्म ३ दिन सम्म संचालन हुनेगरि कर्जा व्यवस्थापन तालिम भक्तपुरमा शुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा आवद्ध भक्तपुर क्षेत्रमा रहेका सबै प्रकृतिका सहकारी संघ संस्थाहरुलाई कर्जाको महत्व, कर्जाको उपयोगिता, कर्जामा निहित जोखिम, कर्जा विश्लेषण, लघु कर्जा र धितो सुरक्षणको लागि लिइने कागजातका महत्व तथा लगानी अशुली बारे पूर्ण रुपमा जानकारी गराउन संचालन गरिएको उक्त तालिममा त्यस क्षेत्रका ३० वटा सहकारी संस्थाहरुको उपस्थिति छ ।

आज तालिम कार्यक्रमको पहिलो दिन लघु कर्जा ब्यबस्थापन, कर्जाको सदुपयोगिता र व्यवहारिक बिश्लेषण वारे सहभागीलाई तालिम दिने कार्यक्रम रहेको बैंकका प्रबन्धक तथा यस तालिमका सहजकर्ता नवराज उपाध्यायले जानकारी दिए ।

coop traningतालिमको उद्घाटनका क्रममा बैंकका संचालक एबं शिक्षा तथा तालिम उप समितिका संयोजक सरिता भट्टराईले सहकारीको विकास तथा सहकारी मार्फत आर्थिक सम्वृद्धि हासील गर्न कर्जा महत्वपूर्ण हुने बताईन । तालिमले उपस्थित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुको कर्जा ब्यबस्थापन वारे क्षमता अभिवृद्धि गरी सहकारी मार्फत प्रवाह हुने कर्जा व्यवस्थित रुपमा प्रवाह हुने बिश्वासका साथ शुभकामना मन्तव्य व्यक्त गरिन् ।

अभिलेख

लोकप्रिय