अर्घाखाँचीमा बचत संघ गठन
अर्घाखाँची । जिल्लाभर छरिएर रहेका बचत सहकारीहरुको भेलाले साथी बचत सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरिइको छ ।
उपाध्यक्षमा कामना सहकारीका जितबहादुर राना, सुर्योदय महिला सहकारीकी पार्बती भुसाल र सचिवमा अर्घाखाँची बचत सहकारीका द्रोण भुसाल रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा भैरब सहकारीका चन्द्र प्रसाद श्रेष्ठ, र सञ्चालकहरुमा त्रिबेणी सहकारीका यमकला बन्जाडे, मनकामना सहकारीकी रिता पौडेल र हरिततारा सहकारीका नरहरि श्रेष्ठ, जनहित बचत सहकारीका पशुपति बन्जाडे र साथी सहकारीका रुद्र श्रेष्ठ रहेका छन् ।
संघले जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाको विवरण र बचत तथा ऋण सहकारी संस्थाहरुको प्रोफाईल तयार गर्ने जनाएको छ । त्यस्तै निष्कृय सहकारीलाई सक्रिय बनाउन वा मर्जरमा जान प्रेरित गर्ने काम गर्ने संघका अध्यक्ष भुसालले जानकारी दिए ।
जिल्लाका सबै सहकारी संस्थाहरुलाई सहकारी सम्वन्धि सुचना परामर्श सेवा तथा तालिम प्रदन गर्ने, सहकारी सम्वन्धि गोष्ठी, अन्र्तकृया, सम्वन्धी निकायसंग समन्वायत्मक कार्यक्रम गर्ने र सहकारी संथाहरुले आमन्त्रण गरेका साधारण सभा तथा अन्य कार्यक्रममा संघको प्रतिनिधित्व गर्नेछ ।

त्यस्तै मान बहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिको गठन गरेको छ । जसको सदस्यहरुमा शालिकराम उपाध्याय र खिम बहादुर राउत रहेका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
