२२ कात्तिक २०८३, आईतवार

डा. राजभण्डारीलाई निलगिरिमा स्वागत

२०७३ वैशाख ३१, शुक्रबार
डा. राजभण्डारीलाई निलगिरिमा स्वागत

nilgiri hospitalबागलुङ । धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.सागर राजभण्डारीलाई निलगिरि अस्पताल बागलुङमा बुधवार स्वागत गरिएको छ ।

अञ्चल अस्पतालको प्रमुखका रुपमा हालै बागलुङ आएका डाक्टर राजभण्डारीले धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित निलगिरि अस्पतालमा स्वागत गरिएको हो ।

सो अवसरमा निलगिरि अस्पतालको निरिक्षण गर्दै डाक्टर राजभण्डारीले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । निलगिरि अस्पतालका बारेमा अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतम र स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.लक्ष्मी आचार्य गौतमले जानकारी गराएका थिए । संस्थाका तर्फबाट धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष राम शर्मा, सचिव रामबहादुर जिसी र कोषाध्यक्ष इश्वरलाल राजभण्डारीले धौलागिरि अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.सागर राजभण्डारीलाई स्वागत गरेका थिए ।

अभिलेख

लोकप्रिय