२२ कात्तिक २०८३, आईतवार

तातोपानी सचेतना केन्द्रका महिलालाई सहकारी सचेतना

२०७३ वैशाख २६, आईतवार
तातोपानी सचेतना केन्द्रका महिलालाई सहकारी सचेतना

coopबागलुङ । तातोपानी नागरिक सचेतना केन्द्र बागलुङ  नगरपालिका—५ मा आवद्ध महिलाहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

समुहमा आवद्ध महिलाहरुलाई सहकारी संस्थामा आवद्ध गराई सहकारी मार्फत उनीहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ सहकारी सचेतना कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीमा महिला सहभागिता, वचतको महत्व लगायतका विषयमा सहजीकरण गरेका थिए । विपन्न वर्गका जनताको आयस्तर माथि उठाउनका लागि आम्दानीमा वृद्धि र खर्च कटौती गरी वचत गर्ने बानीको विकास गर्नु पर्नेमा उनले जोड दिईन ।

महिलाहरुको आर्थिक, सामाजिक विकाससंगै नेतृत्व विकासका लागि सहकारीमा आवद्ध हुन आव्हान गर्दै जिसीले सहकारीमार्फत समाज रुपान्तरणको अभियानमा एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिईन ।

अभिलेख

लोकप्रिय