२२ कात्तिक २०८३, आईतवार

सहकारीकाे राष्ट्रिय कार्यशालाकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०७३ वैशाख २१, मङ्गलबार
सहकारीकाे राष्ट्रिय कार्यशालाकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Workshopकाठमाडौ । राष्ट्रिय सहकारी संघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा ‘सहकारी संघ/संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन’ बिषयक राष्ट्रिय कार्यशाला गोष्ठीकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।

जिल्लास्तरीय संघहरुको सम्भाव्य व्यवसायको खोजि गर्ने सहकारीमा शुसासन कायम गर्ने, प्रारम्भिक जिल्ला र केन्द्रिय राष्ट्रिय संघको सम्बन्धलाई सुदृढ गराउने उद्देश्यका साथ गोठी आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी संघले जानकारी दिएको छ ।

बैशाख २२ र २३ गते सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । कार्यक्रममा सहकारी क्षेत्रसंग सरोकार राख्ने झन्डै ३ सय ५० जनाको सहभागिता रहने संघले जनाएको छ ।

कार्यक्रममा सहकारी क्षेत्रको विकास र व्यवसायमा देखिएको चुनौती लगाएतका कार्यपत्र प्रस्तुत हुने संघले जानकारी दिएको छ ।

अभिलेख

लोकप्रिय