पोखराका २ सहकारीले गरे ‘दिदीबहिनी’को अध्ययन भ्रमण
म्याग्दी । कोलपातन बचत तथा ऋण सहकारी, पोखरा र सुभम् बचत तथा ऋण सहकारी, पोखराको टोलीले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेका छन ।
शुभम् सहकारीका टोली १७ गते र कोलपातन सहकारीका टोली १८ गते भ्रमण गरेका हुन् । भ्रमण टोलीलाई दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्यले संस्थाका गतिविधिका बारेमा जानकारी गराईन । अन्तरसहकारी अध्ययन अवलोकनपछि संस्थाहरुको क्षमता अभिवृद्धि, असल सम्वन्ध र सामुहिक उद्यम व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने सहकारीकर्मीहरुले विश्वास लिएका छन् ।

सहकारी स्थापना भएदेखि हालसम्म सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला सहकारी संघ बागलुङसहित विभिन्न जिल्लाका १४ वटा सहकारी संस्थाले भ्रमण गरेका छन् । सहकारी अवलोकन गर्न आउने सहकारीकर्मीहरुसँग सहकारीको विषयमा छलफल, भेटघाट र अन्तरक्रिया गर्ने गरिएको अध्यक्ष आचार्यले बताईन ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
