२२ कात्तिक २०८३, आईतवार

सहकारीको नियमनका लागि नयाँ नीति आउँदै

२०७३ वैशाख १९, आईतवार
सहकारीको नियमनका लागि नयाँ नीति आउँदै

रुपन्देही ।  सहकारी संस्थाहरुको नियमनका लागि सरकारले छिटै नयाँ नीति ल्याउन लागेको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नयाँ नीतिका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सहकारी  विकास र नियमनका लागि सरकारले नयाँ ल्याउन लागेको सहकारी नीतिबाट कोही पनि आत्तिनु नपर्ने उनले बताएका छन् ।

उनले  कुनैकुनै सहकारी आफ्नो नीतिभन्दा बाहिर गएकाले उनीहरुलाई नयाँ नीतिले ठीक बाटोमा ल्याउनेसमेत बताए । विकास बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–५ शङ्करनगरले सञ्चालनमा ल्याएको ‘व्यावसायिक नेपाली कोसेली घर’को उद्घाटन गर्दै मन्त्री पाण्डेयले आर्थिक समृद्धिको अभियानमा साथ दिन सहकारी संस्था लाग्नुपर्ने बताए।

सहकारीलाई निरुत्साहित गर्ने गरी ऐन नआउनेप्रति विश्वस्त पार्दै उनले भने–“जुनजुन सहकारी नीतिनियमअनुसार अगाडि बढेका छन् उनीहरुका लागि नयाँ नीति थप लाभदायक हुन्छ ।”

सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरे, घरेलु उद्योग महासङ्घका अध्यक्ष कन्हैयालाल कसौधनलगायतले नयाँ नीतिबाट गलत काम गर्नेमात्र आत्तिएको बताए।

अभिलेख

लोकप्रिय