२२ कात्तिक २०८३, आईतवार

नयाँ एेन चाँडै ल्याउन सहकारीकर्मीकाे माग

२०७३ वैशाख १७, शुक्रबार
नयाँ एेन चाँडै ल्याउन सहकारीकर्मीकाे माग

today news sahakariकाठमाडाैं । राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले प्रस्तावित सहकारी एेन सहकारी अभियानकाे सुझावहरु समावेश गरी चाँडै अाउनुपर्ने बताएका छन् । नयाँ एेनमा राम्रा कुराहरुपनि समावेश भएकाे बताउँदै अभियानकाे सुझाव समावेश गरी एेन जारी गरिनुपर्ने बताएका हुन् ।

सहकारी हकहित राष्ट्रिय समाजले शुक्रबार अायाेजना गरेकाे ‘प्रस्तावित सहकारी एेन, २०७२ र सहकारी अभियानकाे सराेकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै ढकालले सहकारीमा देखिएकाे केही समस्यालाई समाधान गरी सहकारी अभियान द्रुत गतिमा अघि बढाउनु पर्ने बताए ।

‘सहकारी संस्था धेरै स्थापना भए । अब मर्जर अभियानमा लाग्नु पर्छ’ ढकालले भने, ‘नेपालमा ५ हजार भन्दा बढी सहकारी अावश्यक छैन । जनसंख्या, भाैगाेलिक सबै हिसाबले ५ हजार सहकारी काफि हुन्छ ।’

त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का उपाध्यक्ष डिवि बस्नेतले सहकारी एेन छिटाे भन्दा छिटाे अाउनुपर्ने बताए । सहकारी अभियानमा विमती रहेका विषयलाई विस्तारै परिमार्जन गर्न सकिने उनकाे भनाई थियाे । ‘केही सभासद्का कारण एेन राेक्ने काम भएकाे छ’, बस्नेत भने, ‘विमतिका विषाय विस्तारै मिलाउन सकिन्छ । सहकारी अभियानमा बाधा पुग्ने केही बुँदाहरु अायाे भने पनि कसरी कार्यान्वयन हुन्छ ?’

नेपालकाे सन्दर्भमा सहकारी संस्था धनि भएकाे र सदस्य जस्ताकाे तस्तै रहेकाे उनले बताए । सहकारीका सञ्चालक र सहकारी भन्दा पनि सदस्य धनि बनाउनु अावश्यक रहेकाे बस्नेतकाे भनाई थियाे ।

कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले प्रस्तावित सहकारी एेनले सहकारी अभियानलाई मारेर नीजि क्षेत्रलाई पक्षपाेषण गर्न खाेजेकाे बताए । सहकारी भनेकाे बचत तथा ऋण मात्र हाे भन्ने मान्यताबाट सरकार निर्देशित भएकाे अाराेप अध्यक्ष खतिवडाकाे थियाे ।

कार्यक्रममा सहभागि सहकारीकर्मीहरुले सहकारीकाे विकास र प्रवद्धनमा नयाँ सहकारी एेन अावश्य रहेकाे बताएका थिए । सहकारीकाे हित हुने कुराहरु एेनमा समावेश हुनुपर्ने उनीहरुले बताएका थिए ।

अभिलेख

लोकप्रिय