नयाँ एेन चाँडै ल्याउन सहकारीकर्मीकाे माग
काठमाडाैं । राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले प्रस्तावित सहकारी एेन सहकारी अभियानकाे सुझावहरु समावेश गरी चाँडै अाउनुपर्ने बताएका छन् । नयाँ एेनमा राम्रा कुराहरुपनि समावेश भएकाे बताउँदै अभियानकाे सुझाव समावेश गरी एेन जारी गरिनुपर्ने बताएका हुन् ।
सहकारी हकहित राष्ट्रिय समाजले शुक्रबार अायाेजना गरेकाे ‘प्रस्तावित सहकारी एेन, २०७२ र सहकारी अभियानकाे सराेकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै ढकालले सहकारीमा देखिएकाे केही समस्यालाई समाधान गरी सहकारी अभियान द्रुत गतिमा अघि बढाउनु पर्ने बताए ।
‘सहकारी संस्था धेरै स्थापना भए । अब मर्जर अभियानमा लाग्नु पर्छ’ ढकालले भने, ‘नेपालमा ५ हजार भन्दा बढी सहकारी अावश्यक छैन । जनसंख्या, भाैगाेलिक सबै हिसाबले ५ हजार सहकारी काफि हुन्छ ।’
त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का उपाध्यक्ष डिवि बस्नेतले सहकारी एेन छिटाे भन्दा छिटाे अाउनुपर्ने बताए । सहकारी अभियानमा विमती रहेका विषयलाई विस्तारै परिमार्जन गर्न सकिने उनकाे भनाई थियाे । ‘केही सभासद्का कारण एेन राेक्ने काम भएकाे छ’, बस्नेत भने, ‘विमतिका विषाय विस्तारै मिलाउन सकिन्छ । सहकारी अभियानमा बाधा पुग्ने केही बुँदाहरु अायाे भने पनि कसरी कार्यान्वयन हुन्छ ?’
नेपालकाे सन्दर्भमा सहकारी संस्था धनि भएकाे र सदस्य जस्ताकाे तस्तै रहेकाे उनले बताए । सहकारीका सञ्चालक र सहकारी भन्दा पनि सदस्य धनि बनाउनु अावश्यक रहेकाे बस्नेतकाे भनाई थियाे ।
कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले प्रस्तावित सहकारी एेनले सहकारी अभियानलाई मारेर नीजि क्षेत्रलाई पक्षपाेषण गर्न खाेजेकाे बताए । सहकारी भनेकाे बचत तथा ऋण मात्र हाे भन्ने मान्यताबाट सरकार निर्देशित भएकाे अाराेप अध्यक्ष खतिवडाकाे थियाे ।
कार्यक्रममा सहभागि सहकारीकर्मीहरुले सहकारीकाे विकास र प्रवद्धनमा नयाँ सहकारी एेन अावश्य रहेकाे बताएका थिए । सहकारीकाे हित हुने कुराहरु एेनमा समावेश हुनुपर्ने उनीहरुले बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
