२२ कात्तिक २०८३, आईतवार

विकूको रजहरमा आठौं सेवाकेन्द्र विस्तार, विकू स्मार्ट बैंकीङ मोवाईल एप्स सार्वजनिक

२०७३ वैशाख १५, बुधबार
विकूको रजहरमा आठौं सेवाकेन्द्र विस्तार, विकू स्मार्ट बैंकीङ मोवाईल एप्स सार्वजनिक

vyccuनवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवलपरासीको रजहरमा आठौं सेवा केन्द्र विस्तार गरेको छ ।

सफलताको गौरवमय २५ औं वर्षगाँठको अवसरमा विकूले बैशाख १२ गते रजहर सेवा केन्द्रको शुभारम्भ तथा समुद्घाटन गरेको हो । साथै सो अवसरमा विकू स्मार्ट बैंकीङ मोवाईल एप्स सार्वजनिक गरीएको थियो । शाखाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष एंव नेफ्स्कुनका निवर्तमान अध्यक्ष मिनराज कंडेलले विकु नेपालकै मात्र नभई एसियाकै उत्कृष्ट सहकारी रहेको बताए ।

सहकारीमा नेपाल एसियाकै छैठौं स्थानमा रहेको र त्यो स्थानमा पु¥याउन विकू लगायतका सहकारीको महत्वपुर्ण भुमिका रहेको बताए । साथै उनले सहकारी ऐनका ३६ वटा बुदाँमा असहमती राख्दै ऐन संसोधनका लागी दवाव दिईरहेको बताए । कार्यक्रममा विकूका सस्ंथापक अध्यक्ष तथा विजय विकास श्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाले सहकारी क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न सफल विकूबाट लाभ लिन सक्नुहोस भनी सुभेच्छा प्रकट गरे ।

vyccu 2

विकूका निवर्तमान अध्यक्ष एंव नेफ्स्कुनका सञ्चालक ईन्द्रराज ज्योती पौडेलले प्रतिस्पर्धा गर्न नभई सदस्यको जिवनस्तर उकास्न रजहरमा स्थापना भएको बताए । कार्यक्रममा विकूका अध्यक्ष हरीलाल सापकोटाले यहि वर्षभित्र जिल्लाका विभिन्न स्थानमा रहने गरी मोवाईल काउन्टर, एटिएम सेवा सञ्चालन गर्ने जानकारी दिए । उनले २०७३ भित्र प्रगतिनगरमा सेवा केन्द्र विस्तार गर्दै क्रमश जिल्लाका पहाडी क्षेत्रमा विस्तार गर्ने बताए ।

विकूमा हाल करिब २५ हजार सेयर सदस्य रहेका छन् भने करिब पौने २ अर्ब पुँजी रहेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । सार्वजनिक गरिएको विकू स्मार्ट बैंकीङ मोवाईल एप्स मार्फत विभिन्न अत्याधुनिक सेवा उपलव्ध हुनेछन् ।

अभिलेख

लोकप्रिय