२२ कात्तिक २०८३, आईतवार

बाराका सहकारीकर्मीहरु बेनीको संगिनी साकोसमा

२०७३ वैशाख १४, मङ्गलबार
बाराका सहकारीकर्मीहरु बेनीको संगिनी साकोसमा

sangini1म्याग्दी । महिलाहरुको सहभागिता र व्यवस्थापनमा सञ्चालित संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, म्याग्दी र बारा जिल्लाका सहकारी अभियानकर्मीहरुबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बाराबाट सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा बेनी पुगेका सहकारी अभियानकर्मीहरुको स्वागतमा संगनी साकोसले आयोजना गरेको कार्यक्रममा सहकारी व्यवसायलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

पर्यटकीय हिसावले महत्वपूर्ण रहेको म्याग्दी जिल्लाको समग्र विकासका लागि सहकारी अभियानको भुमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुबीच छलफल भएको थियो । कृषि, उर्जा, पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नका लागि सहकारीलाई प्रोत्साहन गर्न सके म्याग्दीको विकासले गति लिने सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक विखर्ची) र बचत तथा ऋण सहकारी संघका अध्यक्ष अमृता भण्डारीले म्याग्दी जिल्लामा सहकारीको अवस्था लगायत समग्र जिल्लाको आर्थिक सामाजिक विषयमा जानकारी गराएका थिए । म्याग्दीका सहकारीहरुले वार्षिक ५ अर्ब भन्दा बढीको कारोबार गर्ने गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

संगिनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, सचिव गंगा बाँनियाको सञ्चालन र सदस्य कल्पना केसीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले गरेको वचत तथा ऋण लगायत सामाजिक कार्यका बारेमा सो अवसरमा जानकारी गराइएको थियो ।

अभिलेख

लोकप्रिय