बाराका सहकारीकर्मीहरु बेनीको संगिनी साकोसमा
म्याग्दी । महिलाहरुको सहभागिता र व्यवस्थापनमा सञ्चालित संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, म्याग्दी र बारा जिल्लाका सहकारी अभियानकर्मीहरुबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाराबाट सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा बेनी पुगेका सहकारी अभियानकर्मीहरुको स्वागतमा संगनी साकोसले आयोजना गरेको कार्यक्रममा सहकारी व्यवसायलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
पर्यटकीय हिसावले महत्वपूर्ण रहेको म्याग्दी जिल्लाको समग्र विकासका लागि सहकारी अभियानको भुमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुबीच छलफल भएको थियो । कृषि, उर्जा, पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नका लागि सहकारीलाई प्रोत्साहन गर्न सके म्याग्दीको विकासले गति लिने सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक विखर्ची) र बचत तथा ऋण सहकारी संघका अध्यक्ष अमृता भण्डारीले म्याग्दी जिल्लामा सहकारीको अवस्था लगायत समग्र जिल्लाको आर्थिक सामाजिक विषयमा जानकारी गराएका थिए । म्याग्दीका सहकारीहरुले वार्षिक ५ अर्ब भन्दा बढीको कारोबार गर्ने गरेको सो अवसरमा जानकारी गराइएको थियो ।
संगिनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, सचिव गंगा बाँनियाको सञ्चालन र सदस्य कल्पना केसीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले गरेको वचत तथा ऋण लगायत सामाजिक कार्यका बारेमा सो अवसरमा जानकारी गराइएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
