दाेलखाकाे जनमुखी साकाेसमा अनियमितता
दोलखा । एक सहकारी संस्थाले प्रक्रिया नपुर्याई विना धितो ४ करोड रुपैयाँ ऋण दिएको खुलासा भएको छ।सहकारीको ऋण नीति अनुसार १० लाखसम्मको कर्जा सञ्चालक समितिले गठन गरेको ऋण उपसमितिले स्विकृत गर्न पाउँछ। सो भन्दामाथि भने सञ्चालक समितिले निर्णय गर्नुपर्छ। त्यसरी लगानी गर्दा द्यितोका रुपमा राखिने घर जग्गालाई दृष्टीबन्धक गर्नुपर्छ। तर राउत र दाहाललाई लगानी गरिएको ऋणमा कुनै पनि प्रक्रिया पूरा गरेको नदेखिएको लेखा समिति सचिव दीपककुमार दाहालले बताए।
लेखा समितिमार्फत विना धितो ४ करोड लगानी भएको देखिएपछि सेयर सदस्यहरुले लेखा समितिलाई तत्काल बिशेष साधारणसभा बोलाउन दबाब दिएका छन्। संस्थाका अध्यक्ष माधवप्रसाद दाहालले प्रक्रियाअनुसार नै ऋण लगानी गरिएको दाबी गरे। ‘ऋण उपसमितिले सिफारिस गरेकै आधारमा दिएका हौँ,’ उनले भने, ‘धितो भोलिपल्ट ल्याउँछौं भनेकाले विश्वासका आधारमा दिएका हौं, उनीहरुले ल्याएनन्।’ उनले सामन्य प्राविधिक त्रुटी मात्र भएकाले तुरुन्त सच्याउने र दुवैबाट सबै ऋण असुल उपर गरिने दाबी गरे।
सहकारीमा माधव अध्यक्ष र उनका सहोदर दाजु कृष्णप्रसाद दाहाल सचिव छन्। कृषि विकास बैंकका कर्मचारी रहेका दाहाल दोलखा जिल्ला बचत संघका महासचिव समेत हुन्। जिल्लाको काभ्रे गाविसस्थित मैनापोखरीमा रहेको जनमुखी सहकारीमा १४ हजार सेयर सदस्य र ५५ करोड कूल पुँजी रहेको नागरिक दैनिकमा खबर छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2016/04/21/%e0%a4%a6%e0%a4%be%e0%a5%87%e0%a4%b2%e0%a4%96%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87%e0%a4%b8%e0%a4%ae/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
