२२ कात्तिक २०८३, आईतवार

दाेलखाकाे जनमुखी साकाेसमा अनियमितता

२०७३ वैशाख ९, बिहिबार
दाेलखाकाे जनमुखी साकाेसमा अनियमितता
Janamukhi-Sahakariदोलखा । एक सहकारी संस्थाले प्रक्रिया नपुर्याई विना धितो ४ करोड रुपैयाँ ऋण दिएको खुलासा भएको छ।
style="text-align: justify;">
class="googlead300-content" style="text-align: justify;"> class="story-page-ad"> class="custom">दोलखाको काभ्रे गाविसस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा विना धितो ४ करोड रुपैयाँ ऋण दिएको पाइएको हो। संस्थाको लेखा समितिले आन्तरीक लेखा परीक्षण गर्दा अध्यक्ष र सचिवले सञ्चालक समितिलाई समेत थाहै नदिई निकटका व्यक्तिहरुलाई तमशुकका भरमा ४ करोड रुपैयाँ ऋण दिएको तथ्य खुलेको हो।
class="itemFullText" style="text-align: justify;"> तमसुक अनुसार २०७२ माघ १५ गते काभ्रे गाविस ४ का राधाकृष्ण दाहालको नाममा २ करोड ऋण लगानी गरिएको छ। उनको धितो केही पनि छैन। सोही मितिमा मिर्गे ३ का ४४ वर्षीय दीपककुमार राउतको नाममा २ करोड लगानी छ। उनलाई ऋण लगानी गर्दा मिर्गे ३ कै खड्गबहादुर राउतको नामको ८ रोपनी जग्गा धितो राखेको छ। चलन चल्तीको मूल्य अनुसार उक्त जग्गाको मूल्य ५ लाख भन्दा बढी नहुने स्थानीयले बताएका छन्। लेखा समिति स्रोतका अनुसार दुवैलाई दिएको ऋणमा साक्षीको रुपमा राउत र दाहाल एक अर्कालाई राखिएको छ। स्रोतका अनुसार राधाकृष्ण र खड्गबहादुर दुवै जग्गा किनबेचको काम गर्छन्।
सहकारीको ऋण नीति अनुसार १० लाखसम्मको कर्जा सञ्चालक समितिले गठन गरेको ऋण उपसमितिले स्विकृत गर्न पाउँछ। सो भन्दामाथि भने सञ्चालक समितिले निर्णय गर्नुपर्छ। त्यसरी लगानी गर्दा द्यितोका रुपमा राखिने घर जग्गालाई दृष्टीबन्धक गर्नुपर्छ। तर राउत र दाहाललाई लगानी गरिएको ऋणमा कुनै पनि प्रक्रिया पूरा गरेको नदेखिएको लेखा समिति सचिव दीपककुमार दाहालले बताए।
लेखा समितिमार्फत विना धितो ४ करोड लगानी भएको देखिएपछि सेयर सदस्यहरुले लेखा समितिलाई तत्काल बिशेष साधारणसभा बोलाउन दबाब दिएका छन्। संस्थाका अध्यक्ष माधवप्रसाद दाहालले प्रक्रियाअनुसार नै ऋण लगानी गरिएको दाबी गरे। ‘ऋण उपसमितिले सिफारिस गरेकै आधारमा दिएका हौँ,’ उनले भने, ‘धितो भोलिपल्ट ल्याउँछौं भनेकाले विश्वासका आधारमा दिएका हौं, उनीहरुले ल्याएनन्।’ उनले सामन्य प्राविधिक त्रुटी मात्र भएकाले तुरुन्त सच्याउने र दुवैबाट सबै ऋण असुल उपर गरिने दाबी गरे।
सहकारीमा माधव अध्यक्ष र उनका सहोदर दाजु कृष्णप्रसाद दाहाल सचिव छन्। कृषि विकास बैंकका कर्मचारी रहेका दाहाल दोलखा जिल्ला बचत संघका महासचिव समेत हुन्। जिल्लाको काभ्रे गाविसस्थित मैनापोखरीमा रहेको जनमुखी सहकारीमा १४ हजार सेयर सदस्य र ५५ करोड कूल पुँजी रहेको नागरिक दैनिकमा खबर छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2016/04/21/%e0%a4%a6%e0%a4%be%e0%a5%87%e0%a4%b2%e0%a4%96%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87%e0%a4%b8%e0%a4%ae/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय