क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बागलुङ । घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. पाण्डवखानीको आयोजना र वागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङको प्राविधिक सहयोगमा पाण्डवखानी गाविसमा त्रियाशिल सहकारी संस्थाका सञ्चालक, लेखा समिति तथा उपसमितिका पदाधिकारीहरुका लागि १ दिने क्षमता अभिवृद्धि तथा अन्तरक्रिया गोष्ठि मङ्गलवार पाण्डवखानीमा सम्पन्न भएको छ ।
अन्तरक्रिया गोष्ठिको उद्घाटन सत्रमा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेंस क्षेत्र नं ३ का पुर्व सभासद नरवहादुर पुन निरजले सहकारी सञ्चालनका लागि पदिय दायीत्वमा रहेका व्यक्तिहरुले सहकारीको ऐन नीयम र मापदण्डको बारेमा पूर्ण जानकारी राख्नुपर्ने बताए । पुनले सञ्चालकहरु सहकारीको वारेमा दक्ष नभएसम्म संस्थाले प्रगती गर्न नसक्ने बताए । कार्यक्रममा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष तथा अन्तरकृया गोष्ठिका सहजकर्ता चण्डिप्रसाद शर्मा पौडेलले सहकारीको परीचय, सहकारीका सिदान्त, मुल्य मान्यता, सहकारीमा कोषको व्यवस्था र प्रयोगको अवस्था, सहकारी संस्थामा देखीएका समस्या तथा समाधानका उपायहरु लगाएतका विषयहरुमा सहजिकरण गरेका थिए ।
घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. पाण्डवखानीका अध्यक्ष हिमा कुमारी श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, घुम्टे साकोसका सचिव आशा श्रीसको स्वागत र वागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार