३ वैशाख २०८३, बिहिबार

नमुना महिला साकोसको प्रारम्भिक साधारण सभा

२०७३ वैशाख ५, आईतवार
नमुना महिला साकोसको प्रारम्भिक साधारण सभा

namina mahila sahakariबागलुङ । नमुना महिला बचत तथा ऋण सहकारी संस्था लि. हुग्दिशीर–६ बागलुङको प्रारम्भीक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी वागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी एक नाफामुखी व्यवसाय भएता पनि नाफामुखी मात्र नभै सेवामुखी पनि हुनुपर्ने बताए । शर्माले गाउँ वस्तीका जनताको वित्तीय पहुँच पुग्ने एक मात्र पद्धती सहकारी भएकाले सहकारी मार्फत निम्न आय गरिव तथा विपन्न वर्गका समुदायको जिवनस्तर सुधार गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेस हुग्दीशीरका गाविस सभापती होमवहादुर श्रीस, वागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका सञ्चालक सदस्य गण्डकी थापा अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा संस्थाको आ.व. ०७१/०७२ को प्रगती प्रतीवेदन अध्यक्ष चिनीमाया काला र आर्थिक प्रतिवेदन प्रवन्धक जमुना श्रीसले प्रस्तुत गरिन ।

संस्थामा हाल सम्म १६९ जना शेयर सदस्य, शेयर पुँजी १८ लाख ३३ हजार ३ सय ७२, लगानीमा रहरिहेको ऋण ५६ लाख ४ सय ६५, बचत २४ लाख ७६ हजार ४ सय ८६, जगेडा कोष ८५ हजार १ सय ६३ र संस्थाको कुल कारोवार ६० लाख ३४ हजार ४ सय २५ रहेको छ । साधारण सभाले आगामि दिनमा एक व्यक्ति एक शेयर सदस्यता बृद्धि अभियान, बचत बृद्धि, स्थानीय स्तरमै सम्पूर्ण वित्तीय तथा गैर वित्तीय सेवा सञ्चालन जस्ता कार्य गर्ने निर्णय गरेको छ ।

प्रारम्भीक साधारण सभाले चिनिमाया थापा काला मगरको नेतृत्वमा ११ सदस्य सञ्चालक समिति र अनीता श्रीसको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा हरिमाया थापा, सचिव दिपा श्रीस, कोषाध्यक्ष थकुमाया श्रीस, सदस्यहरु रेस्मा श्रीस, शुसीला थापा काला मगर, नुर्पा छन्त्याल पुन, वेलमाया श्रीस र सीता सुनार चयन भएका छन् भने लेखा समिति सदस्यहरुमा देवी काउचा र चम्फा छन्त्याल श्रीस चयन भईन ।

अभिलेख

लोकप्रिय