३ वैशाख २०८३, बिहिबार

शिवम् सहकारीको ५ औं साधारणसभा

२०७२ चैत २८, आईतवार
शिवम् सहकारीको ५ औं साधारणसभा

sibam sahakariविरगंज । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. विरगंज –१३ पर्साको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष शिवजी प्रसाद शाह कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका प्रमुख राजुप्रसाद शाह रहेका थिए ।

सभामा संस्थाका उपाध्यक्ष राजनारायण जैसवाल संस्थाको आय, व्याय संस्थाका प्रबन्धक राजेन्द्र जैसवालले २० करोडको वासलात प्रस्तुत गरेका थिए । सहकारीले नेपाल रेडक्रस सोसाईटी पर्सालाई ब्लड राख्नको लागि १८० लिटरको रेफ्रिजीरेटर प्रदान गरेको छ ।
सभामा उत्कृष्ठ ऋणीहरु लाल बहादुर महतो कोईरी, सुगान्धी देबी, खुरसेद अंसारी र सायरा खातुनलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै मधेश आन्दोलनको क्रममा घाईते भएका पन्नालाल प्रसाद यादबलाई नगद ११ हजार प्रदान गरेको थियो ।

अभिलेख

लोकप्रिय