३ वैशाख २०८३, बिहिबार

स्मरण साकाेसद्वारा रक्तदान

२०७२ चैत २७, शनिवार
स्मरण साकाेसद्वारा रक्तदान

smaran sahakariकाठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था (स्मरण साकाेस)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।

सस्थाले विगत ४ बर्ष देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदानमा ३२ जनाले रगतदान गरेको संस्थाले जनाएको छ । सो कार्यक्रमा विभिन्न समाजसेवी, शिक्षक र सहकारीका सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको स्मरण सहकारीले हाल डिल्लीबजारबाट कारोबार गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय