सहकारीको काम कारबाही, व्यवस्थापन, लगानीलगायतबारे पर्याप्त जानकारी गराउन माग
काठमाडौं । अरूका भरमा आफ्नो जीन्दगी बिताउन बाध्य अपाङ्गता भएका व्यक्ति सहकारीमार्फत् आर्थिक रुपमा सशक्त हुने सोच राखे पनि धेरैलाई यसबारे जानकारी नै नभएको पाइयो ।
नेपाल अपाङ्ग मानवअधिकार केन्द्रले आयोजना गरेको ‘विद्यमान सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिको पहुँच’ विषयक अन्तरक्रियामा उनीहरुलाई सहकारीको काम कारबाही, व्यवस्थापन, लगानीलगायतबारे पर्याप्त जानकारी गराउन माग गरे ।
महिला, बालबालिका तथा समाजकल्याण सहसचिव शङ्करप्रसाद पाठकले अपाङ्गता भएका व्यक्तिप्रति सबै मन्त्रालय सकारात्मक भएको बताउँदै सहकारीकै माध्यमबाट उनीहरुको आर्थिक सशक्तीकरण हुन्छ भने त्यसमा आफ्नो मन्त्रालयले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सहकारी विभागका उपरजिष्टार उपेन्द्रबहादुर ढुङ्गानाले सहकारीमा लगानी गर्दा जोखिम कम हुने उपाय अबलम्बन गर्ने हो भने जो कोही यसतर्फ आकर्षित हुनेमा विश्वस्त हुन आग्रह गरे ।
डिभिजन सहकारी कार्यालय प्रमुख नारायणप्रसाद अर्यालले सरकारले अव्यवस्थित सहकारीलाई नियमन गर्ने सोचले २०७० साल जेठ महिनामा नगरपालिकामा नयाँ सहकारी खोल्न नपाइने नियम लागू गरेकाले यसले अपाङ्गता भएका व्यक्तिलाई असर पारेकाले यसबारे पुनःविचार गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाई, नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताललगायतले अपाङ्गता भएका, एकल महिलाजस्ता आर्थिकरुपमा सशक्तीकरणको आवश्यकता भएकाहरुका लागि सहकारी संस्थाको स्थापनाका लागि विशेष पहल हुनुपर्ने माग गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार