सिवाईसी साकोसको सेवा केन्द्र हटियामा, पहिलो दिनमै डेढ करोड कारोबार
बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार तेश्रो सदस्य सेवा केन्द्र हटिया बजारमा स्थापना गरेको छ ।
स्थानीय स्तरबाटै सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ ।
सेवा केन्द्र शुभारम्भको अवसरमा १५९ जना शेयर सदस्यलाई संस्थामा स्वागत तथा सम्मान गरिएको थियो । सेवाकेन्द्रमा पहिलो दिनमै १ करोड ५० लाख रुपैयाको कारोवार भएको संस्था सेवाकेन्द्र प्रमुख रिमा भण्डारीले जानकारी दिए । धौलागीरी अञ्चलकै उत्कृष्ठ सहकारीको रुपमा स्थापीत सहकारीले यसअघि वागलुङको तित्याङ र विहुँमा सेवाकेन्द्र स्थापना गरिसकेको छ ।
संस्थामा हाल सम्म २७५० जना शेयर सदस्य, ११ करोड ८७ लाख शेयर पुँजी, करिव २८ करोड बचत, ४० करोड ४८ लाख लगानीमा वाँकी ऋण, २ करोड ९३ लाख कोष र ४८ करोड बराबरको सम्पती रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार