३ वैशाख २०८३, बिहिबार

सहकारी बैकका प्रमुखहरुको क्षमता अभिवृद्धि

२०७२ चैत २४, बुधबार
सहकारी बैकका प्रमुखहरुको क्षमता अभिवृद्धि

coop bank of nepalधुलिखेल । राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख तथा अधिकृत स्तरका कर्मचारीहरुका लागि बुधवारदेखि २ दिने बैंकको सफलतामा कर्मचारीको संलग्नता विषयक तालिम शुरु भएको छ ।

एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा सञ्चालित तालिममा बैक मार्फत सदस्य संस्थाहरुलाई दिइने सेवा सुविधा लगायतका विषयमा सहजीकरण गरिने बैंकका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

बैंकको सेवालाई प्रभावकारी बनाउन लागि शाखा प्रमुखहरुको महत्वपूर्ण भूमिका हुने भएकोले बैंकको ध्येय र लक्ष्य प्रति प्रतिवद्ध बनाउँदै सदस्य मैत्री व्यवहार विकास गर्ने लगायतका विषयमा तालिम केन्द्रित हुने जनाइएको छ ।

सहकारी बैंकको सेवालाई थप प्रभावकारी बनाउदै सदस्य सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धि गरी सहकारीमा आवद्ध जनताको जीवनस्तर माथि उठाउन योगदान गर्ने बैकको लक्ष्य पुरा गर्न कर्मचारीको क्रियाशिलता र दक्षता आवश्यक रहेकोले तालिम आयोजना गरिएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बताए ।

तालिममा एशियाली ऋण महासंघका वर्तमान कार्यकारी प्रमुख एलेनिता भि सन रोके र पूर्व कार्यकारी प्रमुख रञ्जित हेट्यारचीले सहजीकरण गरेका छन् ।

तालिममा बैंकको रणनीतिक योजना लगायत व्यावसायिक प्रवद्र्धधन, सदस्य संस्थामा आवद्ध शेयर सदस्यहरुसंगको सम्बन्ध, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने बैंकका सञ्चालक एवम् शिक्षा तथा तालिम संयोजक सरिता भट्टराईले जानकारी दिईन ।
राष्ट्रिय सहकारी बैंकका ३७ शाखाका प्रमुख लगायत केन्द्रीय कार्यालयका अधिकृत स्तरका ४५ जना कर्मचारीको सहभागिता रहेको छ ।

अभिलेख

लोकप्रिय