तीन दिने पेशागत विकास कार्यशाला सकियो
धुलिखेल । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा सञ्चालित ३ दिने पेशागत विकास सम्बन्धी कार्यशाला मंगलवार सम्पन्न भएको छ ।
बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा बैंकको ५ वर्षे रणनीतिक योजनालाई पुनरावलोकन गर्न सहयोग पु¥याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।
एशियाली ऋण महासंघको पूर्ण सदस्य रहेको सहकारी बैंकले महासंघले प्रदान गर्ने प्रविधि लगायत अन्य सेवाहरुलाई बैंकमार्फत सदस्य संस्थाहरुमा पु¥याउने लक्ष्य लिएको छ । सहकारी बैंकको सेवालाई थप प्रभावकारी बनाउदै सदस्य सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धि गरी सहकारीमा आवद्ध जनताको जीवनस्तर माथि उठाउन योगदान गर्ने बैकको लक्ष्य रहेको छ ।
कार्यशालामा एशियाली ऋण महासंघका वर्तमान कार्यकारी प्रमुख एलेनिता भि सन रोके र पूर्व कार्यकारी प्रमुख रञ्जित हेटीराची सहजीकरण गरेका थिए । कार्यशालामा बैंक सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सञ्चालक र उच्च व्यवस्थापनको तीन दिनको तालिम समापनसंगै बुधवारदेखि बैंकका शाखा प्रमुखहरुलाई तालिम दिइने भएको छ ।
नेपालभरका ८ हजार सहकारी संघ संस्था सदस्य, ७१ करोड शेयर रकम, ९ अर्व निक्षेप र करिव ६ अर्व लगानी गरेको बैंकले आगामी ५ वर्षमा १५ हजार शेयर सदस्य, २ अर्ब शेयर पूँजि, ३० अर्ब निक्षेप, २० अर्ब लगानी गर्ने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
