२२ कात्तिक २०८३, आईतवार

तीन दिने पेशागत विकास कार्यशाला सकियो

२०७२ चैत २३, मङ्गलबार
तीन दिने पेशागत विकास कार्यशाला सकियो

धुलिखेल । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा सञ्चालित ३ दिने पेशागत विकास सम्बन्धी कार्यशाला मंगलवार सम्पन्न भएको छ ।

बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा बैंकको ५ वर्षे रणनीतिक योजनालाई पुनरावलोकन गर्न सहयोग पु¥याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।

coop bankएशियाली ऋण महासंघको पूर्ण सदस्य रहेको सहकारी बैंकले महासंघले प्रदान गर्ने प्रविधि लगायत अन्य सेवाहरुलाई बैंकमार्फत सदस्य संस्थाहरुमा पु¥याउने लक्ष्य लिएको छ । सहकारी बैंकको सेवालाई थप प्रभावकारी बनाउदै सदस्य सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धि गरी सहकारीमा आवद्ध जनताको जीवनस्तर माथि उठाउन योगदान गर्ने बैकको लक्ष्य रहेको छ ।

कार्यशालामा एशियाली ऋण महासंघका वर्तमान कार्यकारी प्रमुख एलेनिता भि सन रोके र पूर्व कार्यकारी प्रमुख रञ्जित हेटीराची सहजीकरण गरेका थिए । कार्यशालामा बैंक सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सञ्चालक र उच्च व्यवस्थापनको तीन दिनको तालिम समापनसंगै बुधवारदेखि बैंकका शाखा प्रमुखहरुलाई तालिम दिइने भएको छ ।

नेपालभरका ८ हजार सहकारी संघ संस्था सदस्य, ७१ करोड शेयर रकम, ९ अर्व निक्षेप र करिव ६ अर्व लगानी गरेको बैंकले आगामी ५ वर्षमा १५ हजार शेयर सदस्य, २ अर्ब शेयर पूँजि, ३० अर्ब निक्षेप, २० अर्ब लगानी गर्ने लक्ष्य लिएको छ ।

अभिलेख

लोकप्रिय