कामलाई अझै संस्थागत गर्ने कार्य बाँकी छ : माधव दुलाल

जिल्ला सहकारी संघ, ललितपुरको चुनावी साधारणसभा मिति नजिकिदै जाँदा चुनावी सगर्मी बढेको छ । अध्यक्षमा मात्र तीन आकांक्षी रहेको छ । वर्तमान अध्यक्ष माधव दुलाल पनि पुनः अध्यक्ष बन्ने तयारीमा छ । चुनावनै हुने अवस्था आएपनि आफू तयार रहेको दुलालले बताएका छन् । प्रस्तुत छ, यसै विषमा केन्द्रीत रही सहकारीखबरले गरेको संक्षिप्त कुराकानी ।

माधव दुलाल
अध्यक्षमा पुन : उम्मेदवारी किन ?
यो ५ वर्षको अवधिमा संघले अत्यन्त राम्रो काम गरेको छ । हामी आउनु पूर्वको संघ र अहिलेको संघ घाम जस्तै छर्लंग छ । ललितपुर जिल्ला संघ देशकै उत्कृष्ठ र नमुनाको रुपमा हेरिन्छ । गरेका कामहरु व्यवहारिक छन् । सदस्यता विस्तार, शिक्षा तालिम, विभिन्न निकाय संग समन्वय, पैरवी लगायतका क्षेत्रमा उत्कृष्ठ काम गरेको छ । यि कामलाई अझै संस्थागत गर्ने कार्य बाँकी छ । यस कार्यको निमित्त मैले उम्मेदवारी दिन लागेको हो ।
उत्पादक र उपभोक्ता बीच बजारमा देखिएको जुन दुरी छ त्यसलाई न्यूनिकरण गर्न सहकारी प्रवद्र्धन केन्द्रको शुरुवात भएको छ । यसलाई सफल बनाउनको निमित्त, बजार स्थापना गर्नको निमित्त योजना बद्ध ढंगले लाग्नु पर्ने अवस्था छ । यसको निमित्त पनि मेरो उम्मेदवारी हो । शिक्षा तथा तालिमलाई निरन्तरता दिने, सहकारी सूचना केन्द्र स्थापना गर्ने, सहकारी क्षेत्रबाट उत्पादित वस्तुहरुको विक्रि वितरणको लागि राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा जोड गर्ने, कृषि क्षेत्रका उत्पादनहरुलाई व्यवस्थित रुपमा विक्रि वितरण गर्ने मोडल तयार गरिएको छ । त्यो मोडल नेपालमा अत्यन्त सफल हुन्छ । ललितपुरमा हामी गरेर देखाउछौं । यस मोडल अनुसार विभिन्न जिल्ला जिल्लामा यस्तै किसिमको मोडेल लैजान सक्ने अवस्था छ । संघलाई व्यवस्थित र परिस्कृत ढंगले लैजानु पर्ने अवस्था छ । यसैको लागि मेरो उम्मेदवारी हो ।
सहकारी संघहरु राजनीति गर्ने थलोको रुपमा लिइन्छ नि ?
जब जब चुनावको समय आउँछ तब तब यि कुराहरु आउँछ । यो स्वभाविक पनि हो । निर्वाचन सम्पन्न भएपछि ति व्यक्तिहरुले आफ्ना सदस्य संस्थाको आवश्यकतालाई स्वार्थ रहित ढंगले काम गर्नुपर्छ । संस्थालाई शिक्षा तथा तालिम दिने, अप्ठ्यारो पर्दा सम्बन्धित निकायमा आफु गईदिने, बहस पैरवी गरिदिने, नीति नियम निमार्ण गर्नु पर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । हाल सहकारी क्षेत्रमा एक किसिमको अन्यौल देखिएको छ । संख्यात्मक रुपमा धेरै भएका छन् । तिनिहरुलाई व्यववस्थित गर्नको निमित्त जिल्ला संघको भूमिका महत्पूर्ण हुन्छ ।
चुनावी मैदानमा केही व्यक्तिहरु सहकारीलाई भन्दा आफ्ना पद र स्वार्थलाई अघि राखेर आउन सक्ने सम्भावना छ । अन्य संघ संस्थामा पनि देखिएको छ । संस्थानै नभएका, संस्था भएर पनि नचलेका, नयाँ संस्था दर्ता गर्ने, विभिन्न व्यक्ति नेतृत्व विरुद्ध नकारात्मक कुरा पैदा गर्ने, कन्फ्यूजन पैदा गर्ने अवस्था पनि देखिन सक्छ । यस्तो अवस्था ललितपुरमा आउँदैन भन्नेमा म ढुक्क छु । जति पनि संस्था आवद्ध भएका छन् । तिनिहरुले पाँच वर्षको काम राम्रो संग मूल्यांकन गरेका छन् ।
सदस्यले संघमा आवद्ध भएर के पाउँछ ?
धेरै सहकारीले जिल्ला संघमा किन आवद्ध हुने ? जस्ता प्रश्न गर्ने गरेका छन् । यो स्वभाविक पनि हो । चुनावी समयमा मात्र उनीहरु संग सम्पर्क गर्ने परिपाटी छ । बाँकी समय अत्यन्त न्यून क्रियाकलाप हुने किसिमको देखिएको छ । सदस्यको साथ लिएर धेरै काम गर्न सक्ने अवस्था छ । पाँच वर्षमा ८३ वटा विभिन्न तालिम कार्यक्रम संचालन गरेका छौं । धेरै सहकारी विभिन्न तालिम लिन इच्छुक हुन्छन् । हामीले तिम्रो संस्थालाई गुणात्मक विकास गर्न, गुणस्तरिय बनाउन, प्रतिस्पर्धी बनाउन यस्ता काम गर्छौ है भनेर बुझाउन सक्यो भने त्यहाँ पैसाको कुरा आउँदैन । लाग्ने खर्च व्यहोर्न सबै सहकारी सक्षम छन् । आतुर पनि छन् । संघ संचालक गर्न सरकार गुहार्नु पर्दैन ।
तपाईको एजेन्डा के छन् त ?
सहकारी मैत्री ऐन नियम निमार्णका लागि लवि गर्नेछु । सहकारी प्रर्वद्धन केन्द्रको निमार्ण गर्नेछु । डेढ वर्ष भित्र प्रवद्र्धन केन्द्र निमार्ण हुन्छ । देशभर सहकारीको उत्पादनलाई प्रर्दशनीको रुपमा राख्नेछौं । राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा पनि यहि बाट प्रवद्र्धनको काम हुन्छ । सदस्यले उत्पादन गरेको सामग्रीको बजारीकरण गर्नेछौं । शिक्षा तालिमका कुरालाई अत्यन्तै नियमित रुपमा काम गर्ने छौं । बार्षिक तालिका बनाएर काम गर्नेछौं । सूचना केन्द्रलाई व्यवस्थित बनाउने छौं । सूचना प्रणाली कम्पूटर प्रणालीमा लैजाने छौं । वुलेटिन नियमित रुपमा प्रकाशन गर्ने छौं । सदस्यलाई परेको हरेक समस्यालाई सम्बोधन गर्नेछौं ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार