सहकारी बैकको पेशागत विकास कार्यशाला
धुलिखेल । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा आइतवारदेखि ३ दिने पेशागत विकास विषयक कार्यशाला शुरु भएको छ ।
बैंकको सेवालाई प्रभावकारी बनाउनका लागि पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यले सञ्चालित कार्यशालामा बैंक सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको छ ।
कार्यशालामा २ वर्ष अगाडि बनाएको बैंकको रणनीतिक योजनामा पुनरावलोकन गरिने बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।
एशियाली ऋण महासंघको पूर्ण सदस्य रहेको सहकारी बैंकले महासंघले प्रदान गर्ने प्रविधि लगायत अन्य सेवाहरुलाई बैंकमार्फत सदस्य संस्थाहरुमा पु¥याउने लक्ष्य लिएको छ ।
कार्यशालामा एशियाली ऋण महासंघका वर्तमान कार्यकारी प्रमुख एलेनिता भि सन रोके र पूर्व कार्यकारी प्रमुख रञ्जित हेटीराची सहजीकरण गर्नेछन् ।
सञ्चालक र उच्च व्यवस्थापनको तीन दिनको तालिम समापनसंगै बैंकका शाखा प्रमुखहरुलाई तालिम दिइने सञ्चालक तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
