२२ कात्तिक २०८३, आईतवार

सहकारी ऐन ल्याई छाड्ने मन्त्री केसीकाे अठोट

२०७२ चैत २१, आईतवार
सहकारी ऐन ल्याई छाड्ने मन्त्री केसीकाे अठोट

चितवन । नयाँ सहकारी ऐन ल्याई छाड्ने अठोट उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले लिएका छन् ।

५९ औं सहकारी दिवसका अवसरमा नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले छिट्टै सहकारी ऐन विधयक पारित हुने बताए । सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको उनको भनाई थियो। विधेयकको मस्यौदा आएपछि कानुन बनाएर जनताको पैसाको संरक्षण गर्र्ने उनले बताए । कानुन बनेसँगै सहकारीका नाममा हुने गरेका अनियमितता अन्त्य हुने बताए ।

सहकारी जनताका लागि अत्यावश्यक हुने भए पनि नेपालको सहकारी व्यवस्थित हुन नसक्दा सहकारीमा विकृति सिर्जिएको उनले बताए । ‘वास्तविक गरिबले सहकारीबाट लाभ लिन सकिरहेका छैनन्–‘उनले भने‘ सरकारले छिट्टै सहकारीलाई व्यवस्थित गर्ने छ । ज्येष्ठ सहकारीलाई सङ्ग्रहालयका रुपमा विकास गर्न आफू सकारात्मक रहेको उपप्रधानमन्त्री केसीको भनाई थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बखान सहकारीलाई राष्ट्रियस्तरको सङ्ग्रहालय बनाउन सकिने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले आर्थिक समृद्धिको आधार सहकारी भन्दै सहकारीमार्फत आर्थिक रुपान्तरणमा लाग्नुपर्ने जोड दिए । विधि र विधानअनुरुप सहकारी चल्नुपर्ने भएपनि केही सहकारी सिद्वान्तबेगर सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोहनसिंह लामाले देशको ज्येष्ठ सहकारी बखान सहकारीलाई सङ्ग्रहालयको रुपमा विकास गर्न गरे ।

अभिलेख

लोकप्रिय