जिल्लाकै उत्कृष्ठ सहकारी 'दिदीबहिनी साकोस'
म्याग्दी । ५९ औं सहकारी दिवस म्याग्दीमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला सहकारी संघ, म्याग्दीले सप्ताहव्यापी रुपमा अन्तरक्रिया तथा समारोहको आयोजना गरि दिवस मनाएका हुन् ।
दिवसको दिन शनिवार झाँकी सहितको ¥याली निकाल्नुका साथै जिविस सभाहलमा एक समारोहको आयोजना गरिएको थियो । सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रमा उत्कृष्ठ कमल चनाउने रुप्से दैनिकका पत्रकार प्रताप बानियाँ सम्मानित भएका छन् । उनलाई नगद तिन हजार रुपैया सहित सम्मान गरिएको हो ।
यसैगरी जिल्लाकै उत्कृष्ठ सहकारी संस्थाको रुपमा दिदीबहीनी बचत तथा ऋण सहकारी सम्मानित भएको छ । जिल्लामा संचालित २ सय ९ सहकारी मध्येबाट दिदीबहिनी उत्कृष्ठ भएको हो । विश्वामित्र सहकारी संस्थालाई कदरप्रत्र प्रदान गरिएको थियो । झाँकीमा नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी प्रथम, संगीनी बचत तथा ऋण सहकारी द्धितिय, दिदीबहीनी साकोस तृतिय र सौगात बहुउद्देश्यिय सहकारी संस्था सान्तोना भएको थियो ।
सहकारी दिवसको अवसरमा बेनीको संगिती बचत तथा ऋण सहकारी संस्थाले पिप्लेको मौवाफाँट स्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका बालबालिकालाई ब्रेललिपी सहयोग गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
