२२ कात्तिक २०८३, आईतवार

आगोलागी पिडितलाई दिदीबहिनी सहकारीको सहयोग

२०७२ चैत २१, आईतवार
आगोलागी पिडितलाई दिदीबहिनी सहकारीको सहयोग

didi bahini sahakariपर्वत । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको धाईरिङ–१ का आगोलागी पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले सञ्चालन गरेको मुठ्ठीदान कार्यक्रमबाट सङ्कलित खाद्यान्न सहयोग गरिएको संस्थाकी अध्यक्ष जमुना आचार्यले बताईन ।

संस्थाले २८ पाथी चामल, २० केजीका दरले दाल, चिनी र नुन, २० लिटर तेल, १ दर्जन साबुन, चारचार पोका सोयाबिन तेल र जिरा तथा २ केजी चियापत्ती हस्तान्तरण एक कार्यक्रमको बीच ३ दलित परिवार र एकल महिलालाई हस्तान्तरण गरेको आचार्यले बताईन । केही समय अघि आगोलागीले उनीहरुको घर पूर्ण रुपमा क्षति भएको थियो ।

उक्त सामाग्रीहरु म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की र सहकारीका अध्यक्ष जमुना आचार्यले हस्तान्तरण गरेको हो ।

यसैगरी संस्थाले बेनी नगरपालिका–११ पुलाचौरका क्यान्सरपीडित अविनाश बानियाँको उपचारका लागि सहयोगस्वरुप नगद ११ हजार १११ र शेयर सदस्य सुशीला मल्लबाट नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

अभिलेख

लोकप्रिय