सहकारी दिवस भव्यतापुर्वक मनाईयो
बलराम के सी / दोलखा । ५९ औं सहकारी दिवस दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा विभिन्न झाकी सहित निकालीएको ¥याली सीमपानी हलमा पुगी सभामा परिणत भएको थियो ।
िदवसको अवसर पारी उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारीका संञ्चालक, व्यवस्थापक, लगाएतलाई सम्मान गरीएको छ । सदरमुकाम चरिकोटमा आयोजीत कार्यक्रममा डिभिजन सहकारी कार्यालय दोलखाले सहकारी निरीक्षक भवेन्द्र बहादुर थापा, कम्प्युटर सहायक अपरेटर नमेन्द्र रिमाललाई नगद दुई हजार सहित सम्मान पत्रले सम्मान गरेको छ । यसैगरी जिल्लाको उत्ृकष्ट व्यवस्थापकको रुपमा जनहित सहकारी संस्था लिका व्यवस्थापक रमेशचन्द्र बस्नेत, उत्कृष्ट सहकारीकर्मीको रुपमा भविष्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्था लि काब्रेकी अध्यक्ष कृष्ण कुमारी बस्नेत, उत्कृष्ट सहकारी संस्थाको रुपमा जिल्ला सहकारी संघ दोलखालाई सम्मान गरेको छ । यसैगरी जिल्ला सहकारी संघ लि. दोलखाले दिवशबमा उत्कृष्ट ¥याली तर्फ जुनतारा कृषि सहकारी संस्था लिलाई प्रथम, चोथाङ पशुपालन कृषि सहकारी संस्था लि. द्धितिय र चित्रेश्वर बहुद्धेश्यीय सहकारी संस्था बोच,६ तृतीय भएको छ । उत्कृष्ट सहकारी संस्थालाई पनि पुरस्कृत गरेको छ ।
यसैगरी सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. दोलखाले चैत्र १६ गते सञ्चालन गरेको हाजीरीजवाफ प्रतियोगीतामा प्रथम हुने हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, द्धितीय हुने जनहित सहकारी संस्था, तृतीय हुने जनसचेतन बचत तथा ऋण सहकारी संस्था काव्रे र सान्त्वना हुने जनजागरण बचत तथा ऋण सहकारी संस्था मिर्गेलाई नगद क्रमश ५ हजार, तीन हजार, दुई, र एक हजार रुपैंया सहित प्रमाण पत्रले पुरस्कृत गरेको छ । यसैगरी हाजीरीजवाफ प्रतियोगीतामा उत्कृष्ट सहभागीको रुपमा जनहित सहकारी संस्थाका व्यवस्थापक रमेशचन्द्र बस्नेतलाई नगद सहित प्रमाण पत्रले पुरस्कृत गरेको छ ।
दोलखा जिल्लामा हाल पाँच सय २४ सहकारी संस्था रहेका छन् । जसमा करिव एक लाख ६० हजार व्यक्ति आवद्ध रहेका छन् भने सात सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । दोलखामा सञ्चालित सहकारी संस्थाले पाँच अर्ब भन्दा बढि पुँजीको कारोबार गर्छन् । दोलखामा पाँच करोड भन्दा बढि कारोवार गर्ने १४ वटा सहकारी संस्था रहेका छन् ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दोलखाका सांसद एंव नेकपा एमाले केन्द्रिय सहकारी विभाग प्रमुख पशुपति चौलागाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालि कांग्रस दोलखाका सभापति रुद्र बहादुर खड्का, नेकपा एमाले दोलखाका सचिव भरत दुलाल, ए नेकपा माओवादी दोलखाका यूवा नेता विसाल खड्का, नेकपा मालेका जिल्ला सचिव बद्री चौलागाई, जिल्ला सहकारी संघ लि.दोलखाका निवर्तमान अध्यक्ष शिवजी राउत दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल, डिभिजन सहकारी कार्यालय दोलखाका कायम मुकायम सहकारी अधिकृत नरहरि पोखरेल, पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारी दिवश चरिकोटको जिल्लाको प्रमुख केन्द्रहरु जिरी, मैनापोखरी सिंगटी, खिम्ति, मागापौवा लगाएतका स्थानमा पनि विभिन्न झाकी सहित भव्यताकासाथ मनाईएको थिया ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
