सहकारी ऐन ल्याई छाड्ने मन्त्री केसीकाे अठोट
चितवन । नयाँ सहकारी ऐन ल्याई छाड्ने अठोट उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले लिएका छन् ।
५९ औं सहकारी दिवसका अवसरमा नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले छिट्टै सहकारी ऐन विधयक पारित हुने बताए । सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको उनको भनाई थियो। विधेयकको मस्यौदा आएपछि कानुन बनाएर जनताको पैसाको संरक्षण गर्र्ने उनले बताए । कानुन बनेसँगै सहकारीका नाममा हुने गरेका अनियमितता अन्त्य हुने बताए ।
सहकारी जनताका लागि अत्यावश्यक हुने भए पनि नेपालको सहकारी व्यवस्थित हुन नसक्दा सहकारीमा विकृति सिर्जिएको उनले बताए । ‘वास्तविक गरिबले सहकारीबाट लाभ लिन सकिरहेका छैनन्–‘उनले भने‘ सरकारले छिट्टै सहकारीलाई व्यवस्थित गर्ने छ । ज्येष्ठ सहकारीलाई सङ्ग्रहालयका रुपमा विकास गर्न आफू सकारात्मक रहेको उपप्रधानमन्त्री केसीको भनाई थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बखान सहकारीलाई राष्ट्रियस्तरको सङ्ग्रहालय बनाउन सकिने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले आर्थिक समृद्धिको आधार सहकारी भन्दै सहकारीमार्फत आर्थिक रुपान्तरणमा लाग्नुपर्ने जोड दिए । विधि र विधानअनुरुप सहकारी चल्नुपर्ने भएपनि केही सहकारी सिद्वान्तबेगर सञ्चालन भइरहेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोहनसिंह लामाले देशको ज्येष्ठ सहकारी बखान सहकारीलाई सङ्ग्रहालयको रुपमा विकास गर्न गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
