मुगुमा पहिलोपटक सहकारी दिवस मनाईयो, सहकारी मैत्रीपुर्ण देउडा
मुगु । ५९ औं सहकारी दिवसको उपलक्ष्यमा मुगुमा महिला केन्द्रहरु बीच मैत्रीपुर्ण देउडा खेल गरिएको छ । १८ गते देखि जिल्ला सदरमुकाम गमगढीमा जिल्लामा रहेका लघुवित्त कार्यक्रमका केन्द्रहरु बीच मैत्रीपुर्ण देउडा खेलाईएको हो ।
देउडामा १५० महिला केन्द्रहरु सहभागी थिए । देश विकासमा सहकारी आर्थीक मेरुदण्ड बनिरहेका बेला मुगुमा सहकारीले बामे सर्ने अवस्थामा रहेकाले जिल्लामा खेलिने लोकप्रिय खेल देउडा मार्फत ग्रामिण भेगका महिलाहरुमा सहकारी शिक्षा बुझाउन मैत्रीपुर्ण देउडा प्रतियोगिता आयोजना गरिएको आयोजक मध्यको एक छाँयानाथ सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।
विभिन्न गाँउ बस्तिमा रहेका समुहहरुबीच परिचय गराउन, आफुले सहकारी सम्वन्धि जानेका कुरा देउडा गित मार्फत अन्य समकक्षी समुहहरुलाई बुझाउन र आफु पनि बुझन देउडा आयोजना गरिएको छ । सहभागी समुहहरुलाई समान पुरस्कार स्वरुप समान रुपमा प्रत्येक समुह बचतमा दुई हजार जम्मा गरिने छ ।
देउडा मार्फत सहकारी शिक्षा बुझाउन जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र छाँयानाथ बचत तथा ऋण सहकारी सस्था लिमिटेडले संयुक्त रुपमा यो आयोजना गरेका हुन् ।
सहकारी दिवस जिल्ला मै पहिलो पटक मनाईएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
