२२ कात्तिक २०८३, आईतवार

पर्वतमा पहिलो पटक र्याली तथा सहकारी सचेतना कार्यक्रम

२०७२ चैत २१, आईतवार
पर्वतमा पहिलो पटक र्याली तथा सहकारी सचेतना कार्यक्रम

Kusma (2)पर्वत । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पर्वत जिल्लाको सदरमुकाम कुश्मामा पहिलो पटक ¥याली तथा सहकारी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

पर्वतमा जिल्ला सहकारी संघ दर्ता भएपनि क्रियाशिल नभएका कारण लामो समयदेखि सहकारी दिवस लगायत अन्य समयमा समेत सहकारी गतिविधि हुन सकेका थिएनन् ।

यस पटक महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अगुवाई तथा विभिन्न २७ वटा सहकारी संस्थाहरुको संयुक्त आयोजनामा सहकारी दिवस मनाइएको हो ।

सहकारी दिवसका अवसरमा आयोजित सहकारी सचेतना कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले यस पटकको सहकारी दिवसले पर्वतको सहकारी अभियानलाई प्रभावकारी बनाउन सहयोग पु¥याएको बताए ।

सहकारीमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, सहकारीको ऐतिहासिक विकासक्रम, संस्था सञ्चालनका विधि र प्रक्रिया लगायतका बारेमा उनले सहजीकरण गरेका थिए ।

सहकारी सम्बन्धी एक दिने तालिम सञ्चालन गरेपछि सबैमा सहकारी सचेतना आएको र यस पटक सहकारी दिवस मनाउन संभव भएको भन्दै दिवस आयोजक समितिका संयोजक इन्द्रमान खत्रीले सहकारी संघहरुको सक्रियता नभएका कारण पर्वतको सहकारी ओझेलमा परेको गुनासो गरे ।

अभिलेख

लोकप्रिय