३ वैशाख २०८३, बिहिबार

सहकारी दिवसको अवसरमा खुल्ला कविता प्रतियोगिता

२०७२ चैत १९, शुक्रबार
सहकारी दिवसको अवसरमा खुल्ला कविता प्रतियोगिता

बागलृुङ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको गरिबी निवारणमा सहकारीको भुमिका बिषयक खुल्ला प्रतियोगिता बागलुङमा सम्पन्न भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा भएको खुल्ला प्रतियोगिताका सहभागीहरुले कविता मार्फत देशमा आर्थिक विकास मार्फत गरिवी निवारणका लागि सहकारीको व्यवस्थापन आवश्यक रहेको बताएका थिए ।
सहकारी विपन्न वर्गको आर्थिक उन्नती गर्न तथा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी देशलाई स्वाधीन बनाउन समेत आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

प्रतियोगितामा गुणराज पौडेल प्रथम, सिर्जना पन्त द्वितिय, सचदेव क्षेत्री तृतिय एवं सुर्य महत र गोविन्दप्रसाद सुवेदी सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्वितियलाई १५ सय, तृतीयलाई १ हजार र सान्तवना हुनेलाई ५÷५ सय रुपैंया सहित प्रमाणपत्र प्रदान गरिने छ ।

सहकारी सम्बन्धी खुल्ला कविता प्रतियोगिताको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले निम्न आय तथा गरिब परिवारहरुको आयस्तर बढाउनका लागी सहकारीको स्थापना भएको बताए । उनले विभिन्न समुह तथा व्यक्तिहरुलाई सहकारी शिक्षा प्रदान गर्न संघ संगठनले मात्र नभई राज्यले पनि जिम्मेवारी लिनुपर्ने भन्दै माथिल्लो पाठ्यक्रममा पनि सहकारी शिक्षा समावेश गरिनुपर्ने बताए । कार्यक्रममा संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक रामबहादुर जिसीले संस्थाका बारेमा जानकारी गराए ।

धौलागिरि अञ्चलमा सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल ८ सय ५० जना शेयर सदस्य, २ करोड १५ लाख शेयर रकम, ५ करोड बचत, ८ करोड लगानी रहेको उनले जानकारी दिए

अभिलेख

लोकप्रिय