२२ कात्तिक २०८३, आईतवार

नगर सरसफाईमा सहकारीकर्मी

२०७२ चैत १९, शुक्रबार
नगर सरसफाईमा सहकारीकर्मी

बागलुङ । ५९ औँ सहकारी दिवसको पुर्व सन्ध्यामा नगर सरसफाई गरिएको छ । डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघ बागलुङको आयोजनामा सरसफाई गरिएको हो ।

धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको संयोजनमा जिल्ला स्थित विभिन्न सहकारीमा आवद्ध सहकारीकर्मी, सहकारी डिभिजनका प्रमुख तथा प्रतिनिधि एवं पत्रकारहरुको टोलीले सरसफाई गरेको हो ।

बढ्दो शहरीकरण तथा मानव बस्ती संगै बृद्धि हुदैँ गएको प्रदुषण एवं ढल निकासीलाई नियन्त्रण गर्न सचेतनामुलक अभियान सञ्चालन गरिएको आयोजकले बताएका छन् । मानव जिवनमा सरसफाईको महत्व बढि हुने भएकाले आफ्नो घर वरपरको फोहोरलाई व्यवस्थित गर्नुपर्ने अभियान मार्फत जानकारी गराइएको छ ।

नगर सरसफाई पछि डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले आफ्नो ठाउँ आफै सफा गरौँ भन्ने उद्देश्यका साथ सरसफाई मार्फत सचेतना प्रदान गर्न खोजिएको बताए । यस्तै बजार क्षेत्रमा बढि फोहोरजन्य बस्तुहरु फाल्ने प्रवृत्तिलाई रोक लगाउनका लागी अभियान प्रभावकारी बन्ने बताइएको छ ।

बागलुङ बजारको विभिन्न क्षेत्रहरु संगै धौलागिरि चोक, हल्लनचोक, ट्राफिक चोक हुदैँ डिभिजन सहकारी कार्यालय सम्म सरसफाई गरिएको थियो । बजार क्षेत्रमा रहेका सरकारी कार्यालयहरुको वरपर समेत सहकारीकर्मीहरुले सरसफाई गरेका थिए ।

सरसफाई कार्यक्रमका सहभागीहरुलाई डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन जिल्ला सहकारी संघका सचिव युक्तप्रसाद कंडेलले गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय