२२ कात्तिक २०८३, आईतवार

सरकारको प्राथमिकता सहकारी परेका कारण उपप्रधानमन्त्रीनै दिएको हो : प्रधानमन्त्री

२०७२ चैत १८, बिहिबार
सरकारको प्राथमिकता सहकारी परेका कारण उपप्रधानमन्त्रीनै दिएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

“आत्मविश्वास जगाउँदै ती समुदायको आर्थिक उत्थान सहकारीले मात्र गर्न सक्छ, यसैले सहकारीलाई व्यापक बनाउनुपर्छ” उनले भने ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ विषयको गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमा परेका कारण यो क्षेत्र हेर्न सहायक, राज्य वा मन्त्री नदिई उपप्रधानमन्त्री नै दिएको बताए ।

विपन्न समुदायलाई आर्थिकरुपले माथि उकास्न तथा देशको आर्थिक उन्नति गर्न सरकारले निजी, सरकारी तथा सहकारी तीन खम्बे अर्थनीति लिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

अभिलेख

लोकप्रिय