२२ कात्तिक २०८३, आईतवार

पूर्व क्षेत्रका सहकारीकर्मी बीच अन्तरक्रिया

२०७२ चैत १६, मङ्गलबार
पूर्व क्षेत्रका सहकारीकर्मी बीच अन्तरक्रिया

काठमाडौं । ५९ औं सहकारी दिवसको अवसरमा काठमाडौं पूर्व क्षेत्रका सहकारीहरु बीच ‘आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्रिशा बचत तथा ऋण सहकारी संस्थाको संयोजन तथा पूर्व क्षेत्रका सहकारीको सहभागीतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी सहकारीकर्मीले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकारी अब उत्पादनशिल क्षेत्रमा केन्द्रीत हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारी आर्थिक विकासको बलियो आधार स्तम्भ भएको बताउँदै समय सापेक्ष ऐन, नियम परिवर्तन गरी सहकारीलाई आर्थिक विकासमा केन्द्रीत गराउनु पर्ने बताए । चौलागाईले राजनीति दलको छाँयामा सहकारी परेका कारण यस क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको धारणा राखे ।
कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष मनोज भण्डारीले सहकारी संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा विकास हुनुपर्ने बताए । सहकारीहरु गुणात्मक रुपमा अघि बढ्ने हो भने सहकारी मार्फत आर्थिक विकास सम्भव हुने बताए ।

कार्यक्रमको संयोजन क्रिशा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजन पौडेलले गरेका थिए ।

अभिलेख

लोकप्रिय