२२ कात्तिक २०८३, आईतवार

जसरी भए पनि सहकारी ऐन ल्याउँछु : मन्त्री केसी

२०७२ चैत १३, शनिवार
जसरी भए पनि सहकारी ऐन ल्याउँछु : मन्त्री केसी

बुटवल । उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसी ले जसरी भए पनि सहकारी ऐन ल्याएर राम्रा सहकारीलाई प्रोत्साहन र खराब नियतका सहकारीलाई नियमन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘

५९ औं सहकारी दिवसको सप्ताह ब्यापी कार्यक्रमको अवसरमा बुटवलमा सम्पन्न सहकारी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । रुपन्देहीको सहकारी अभियान उपत्यका भन्दा फरक सहकारी सिद्धान्त कार्यान्वयन गर्दै गएकोमा खुशी समेत व्यक्त गरे ।

सहकारीमा निहित स्वार्थ पुरा गर्न तल्लीन समूहले आफूलाई सहकारी नवुझेको आरोप लगाउने गरेको भन्दै आफूले जसरी अहिलेसम्म संघीयता बुझेको छैन त्यसैगरी उनीहरुले बुझाएको सहकारी नवुझ्ने बताए । सहकारी समाजबादी अर्थव्यवस्थाको आधार भएकाले यस तर्फ सोच्न सबै सहकारीकर्मीहरुलाई आग्रह गरे ।

दिनहुँ आफ्नो कार्यकक्षमा सहकारीले ठगी गरेका पीडितका गुनासा सुन्दा सारै दुखित हुने गरेको भन्दै पीडकलाई कारवाही गर्ने कानुन ल्याउ भन्दा अवरोध आउनु विडम्बना भएको वताए । कार्यक्रममा सहकारी अधिकृत नेत्र प्रसाद घिमिरे सहकारी कानुनको कमी भन्दा पनि नियतको खराबीले गलत काम हुने गरेको बताउँदै धेरै सहकारीले विद्यमान कानुनमा टेकेर नै देशको आर्थिक विकासमा उल्लेख्य सहयोग गरिरहेको बताए । संरक्षित पूँजी फिर्ता कोष लागु नगर्ने सहकारीका सञ्चालकहरुले हामी समाजवादी हौ भनेर कुर्लने गरेको तर काम भने नगरेको समेत बताए ।

अभिलेख

लोकप्रिय