२२ कात्तिक २०८३, आईतवार

'दिदीबहिनी' सहकारी अध्ययन भ्रमणको केन्द्र

२०७२ चैत ११, बिहिबार
'दिदीबहिनी' सहकारी अध्ययन भ्रमणको केन्द्र

म्याग्दी । बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था सहकारी अध्ययन भ्रमणको केन्द्र बनेको छ ।

सहकारी स्थापना भएदेखि हालसम्म सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला सहकारी संघ बागलुङसहित विभिन्न जिल्लाका १२ वटा सहकारी संस्थाले भ्रमण गरेका छन् । यस वर्षको फागुन र चैतको पहिलो साता मात्रै ८ ओटा सहकारीले आफ्नो संस्थाको भ्रमण गरेको दिदीबहिनी सहकारीका अध्यक्ष जामुना आचार्यले बताईन ।

अन्तर जिल्ला सहकारी भ्रमण गर्ने क्रममा बाहिरी जिल्लाबाट कुल ४०७ जनाले सहकारीको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेको आचार्यले बताईन । सहकारी अवलोकन गर्न आउने सहकारीकर्मीहरुसँग सहकारीको विषयमा छलफल, भेटघाट र अन्तरक्रिया गर्ने गरिएको छ ।

अभिलेख

लोकप्रिय