२२ कात्तिक २०८३, आईतवार

तनहुँको जनज्योती सहकारीको टोलीद्धारा आदर्श सहकारीको अवलोकन

२०७२ चैत ८, सोमबार
तनहुँको जनज्योती सहकारीको टोलीद्धारा आदर्श सहकारीको अवलोकन

बागलुङ । तनहुँ जनज्योती बचत तथा ऋण सहकारी संस्थाको टोलीले आदर्श सञ्चार सहकारी बागलुङको स्थलगत अवलोकन गरेको छ ।

तनहुँबाट सहकारीका संस्थापक अध्यक्ष चन्द्रप्रकाश पौडेलको नेतृत्वमा आएको समुहले आदर्श सञ्चार सहकारीको अवलोकन गरेको हो । सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष पौडेलले सहकारीहरुले बचतको कारोबार मात्र नगरी उत्पादनमुखी क्रियाकलाप गर्नुपर्ने बताए । पौडेलले ३ वटा गाविसलाई लक्षित गरी सहकारी सञ्चालन गरेको जानकारी गराउदैँ कृषकहरुलाई मल, बिउ वितरण गर्ने कार्य गरेको जानकारी गराए । उनले कुखुरापालन, बंगुरपालन लगायतका उत्पादन तथा सीपमुलक कार्यका लागी सहकारीले ऋण उपलब्ध गराउदैँ आएको भन्दै मासिक ५ रुपैँया संकलन गरी शेयर सदस्यहरुबाट राहत उठाउदैँ आएको बताए । सहकारीले ६ करोडको कारोबार गरेको बताउदैँ उहाले आगामी दिनमा अन्य कार्यक्रमहरु थप गर्दै जाने उनले जानकारी गराए ।

यस्तै आदर्श सञ्चार सहकारीका बारेमा जानकारी गराउदैँ उपाध्यक्ष अञ्जु जिसीले संस्थामा हालसम्म ८ सय ५० जना शेयर सदस्य, १ करोड १५ लाख शेयर रकम, ५ करोड बचत र ८ करोड लगानी गरेको बताईन । अध्यक्ष अमर थापाले अहिले शहर केन्द्रित सहकारी धेरै भएकाले ग्रामिण भेगहरुमा पनि सहकारीहरु स्थापना गर्नुपर्नेमा जोड दिदैँ सहकारीलाई उत्पादनमुखी बनाउने बताए ।

अभिलेख

लोकप्रिय